हेडलाईनभानुसमाचारगण्डकीविजनेस

तनहुँको भानु नगरपालिकाको “भानु गुन्द्रुक” ब्राण्ड : स्थानीय सागको अन्तर्राष्ट्रिय बजार लक्ष्य

प्रहार समाचार । तनहुँ, २४ साउन २०८२ शनिवार । तनहुँको भानु नगरपालिकाले आफ्नो मौलिक कृषि उत्पादन गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने ठोस कदम चाल्ने भएको छ। “कृषिमा रुपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग” परियोजनाअन्तर्गत सुरु भएको यो अभियानको नेतृत्व नगर प्रमुख आनन्द राज त्रिपाठीले गर्ने भएका छन् ।

इलामको रोङ गाउँपालिकामा गरिएको अध्ययन भ्रमणबाट प्रेरित नगरपालिकाले स्थानीय सागलाई प्रशोधन गरी उच्च गुणस्तरको गुन्द्रुक उत्पादन गर्ने, प्याकेजिङ्ग–लेबलिङ्ग सुधार गर्ने र “भानु गुन्द्रुक” नामक ब्राण्डमार्फत बजारमा उतार्ने योजना बनाएको छ। यसका लागि स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा एकरूपता, तथा अत्याधुनिक व्यवस्थापन प्रणालीको प्रयोगलाई प्राथमिकता दिइने भएको छ।

डिजिटल मार्केटिङ, अनलाइन बिक्री प्रवर्द्धन, उत्पादन ट्र्याकिङ र QR कोडमार्फत स्रोत पहिचान जस्ता प्रविधि पनि अभियानमा समावेश गरिनेछ। नगरपालिकाले यो पहलले भानुलाई गुन्द्रुक उत्पादनको हबका रूपमा स्थापित गर्ने र कृषकको आम्दानी बढाउँदै आर्थिक सबलीकरणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button