• विजय अधिकारी ( प्रहार संवाददाता ) २४ साउन २०८२ शनिवार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद दिपक बहादुर सिंहले आफ्नो निर्वाचन प्रतिबद्धता पूरा गर्दै करिब १० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले एक वर्षको सांसद तलब तथा थप रकम गरी ज ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ हेटौंडा सामुदायिक तिलगंगा आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन्।

सिंहले उक्त रकम विश्वविख्यात नेत्रविशेषज्ञ डा. सन्दुक रुईतमार्फत अस्पताललाई प्रदान गरेका छन्। सहयोग रकममा सांसदको एक वर्षको तलब र व्यक्तिगत रुपमा थपिएको ३ लाख ८७ हजार रुपैयाँ समावेश छ।
सांसद सिंहले चुनावका बेला जनतालाई दिएको बाचा अनुसार यो पहल गरेको बताउँदै भविष्यमा पनि जनकल्याणकारी काममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। अस्पतालका प्रतिनिधिहरूले यो सहयोगले आँखा उपचार सेवाको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


























