हेडलाईनसमाचारशुक्लागण्डकीखेलकुद

सेपाक ताक्रो संघको वक्तृत्वकलामा अर्चना गौतम प्रथम

प्रहार समाचार । तनहुँ, २४ साउन २० ८२ शनिवार । तनहुँ जिल्ला सेपाक ताक्रो संघ र शुक्लागण्डकी नगरपालिका सेपाक ताक्रो संघको संयुक्त आयोजनामा शुक्रबार दुलेगौंडामा सम्पन्न वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले यस्ता कार्यक्रमले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापतर्फ आकर्षित गर्ने बताए ।

‘विद्यार्थी जीवनमा खेलकुदको महत्व’ विषयमा भएको प्रतियोगितामा जनज्योती मावि भिमादकी छात्रा अर्चना गौतम प्रथम भएकी छन्। त्यस्तै माउण्ट अन्नपूर्ण स्कुल भिमादकी सरगम विक द्वितीय र धर्म मावि भिमादकी दिपिशा पौडेल तृतीय भएकी छन्। यसैगरी मीन मावि म्याग्देकी प्रविधि वाग्ले र हंशवाहिनी मावि शुक्लागण्डकीकी मानसी खनालले सान्त्वना स्थान प्राप्त गरे। विजेताहरुलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ /१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो।

२२ माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता श्याम कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न खेलाडीलाई सम्मान गरिएको र सहभागी विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको आयोजकले जनाएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button