प्रहार समाचार । काठमाडौँ, २४ साउन २०८१ शनिवार । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतर्फ तराई नजिक अवस्थित छ। यसको प्रभावमा आज देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले कोशी र बागमती प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना जनाएको छ। मौसम विज्ञका अनुसार उक्त क्षेत्रमा स्थानीय अवस्थितिका कारण वर्षा अझ तीव्र हुन सक्ने अनुमान गरिएको छ।
यस्तै आज राति मधेश प प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा र कोशी–बागमती पहाडी क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।


























