हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

अन्तिम मिनेटमा मियाको गोल, नेपालले साउदी अरेबियालाई हरायो

प्रहार समाचार । भुटान, २३ साउन २०८२ शुक्रवार । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गतको समूह चरणको दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

भुटानमा सम्पन्न प्रतिस्पर्धामा नेपालले साउदी अरेबियालाई १–० ले पराजित गर्दै तीन महत्वपूर्ण अंक जोड्न सफल भयो। नेपालका लागि सुकृया मियाले खेलको ९०औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाइन्।

खेलभर दुवै टोलीबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिए पनि निर्धारित समयको अन्तिम चरणमा मियाले गरेको गोल निर्णायक सावित भयो। यसअघि नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरी खेलेको थियो।

यो जितसँगै नेपालले समूह चरणको सम्भावित अंकतालिकामा सशक्त उपस्थिति जनाइसकेको छ। अब नेपालले समूह चरणमा आफूलाई उत्कृष्ट देखाउँदै अर्को चरणमा प्रवेश गर्ने लक्ष्य बनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button