हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य हाल सम्मकै उच्च

प्रहार समाचार । काठमाडौं, २३ साउन २०८२ शुक्रवार । नेपाली सुन बजारले आज नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ।

आज प्रतितोला सुन १ लाख ९९ हजार ४ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि हिंजो सुन प्रतितोला १ लाख ९८ हजार ४ सय मा कारोबार भएको थियो। आज एकैदिन तोलामा एक हजारले वृद्धि भएको हो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेर आज २ हजार ३ सय २५ रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयामा कारोबार भएको थियो ।

विगत केही समयदेखि अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा सुनको मूल्य लगातार बढ्दै गएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button