प्रहार समाचार । तनहुँ , २३ साउन २०८२ ब शुक्रवार । तनहुँको व्यास नगरपालिका–१ मा रहेको निर्मल माध्यमिक विद्यालयमा लियो क्लब अफ तनहुँ निर्मल अल्फाले दीप प्रज्वलनसहित सातौं स्थापना दिवस मनाएको छ।

कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट ३२५ याल नेपालका जिएलटि कोर्डिनेटर कृष्णहरि गैरेले क्लबले नेतृत्व विकास र सेवाभाव प्रवर्द्धनमा उल्लेखनीय योगदान पुऱ्याएको बताए । त्यस अबसरमा लायन्स क्लब अफ तनहुँकी अध्यक्ष सरिता भण्डारी, जोन चेयरपर्सन पवित्रा खनाल, लियो क्लब अफ तनहुँका अध्यक्ष रोबिन श्रेष्ठ लगायत विभिन्न पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रम क्लब अध्यक्ष लियो सुरज आलेको अध्यक्षता सम्पन्न भएको थियो । स्थापनाको अवसरमा क्लबले विगतका गतिविधिको समिक्षा गर्दै आगामी दिनमा सामाजिक सेवा र नेतृत्व विकासका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनायो।


























