हेडलाईनसमाचारप्रदेश

बागमतीका नगरप्रमुख थापाले गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर : ३ करोड ४५ लाख रुपैयाँ जरिवाना सहित एक वर्ष कैद सजाय

प्रहार समाचार । सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा दोषी ठहरिएका छन्। विशेष अदालतको इजलासले थापासहित नगरपालिकाका इञ्जिनियर विमलकुमार पोखरेल र सागर पौडेललाई पनि दोषी ठहर गर्दै सजाय निर्धारणका लागि साउन २९ गते पेशी तोकेको छ।

३० करोडभन्दा बढीको हानी नोक्सानी प्रमाणित
मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थको हानी नोक्सानी गरेको प्रमाणित भएको अदालतको ठहर छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसूरमा दोषी ठहर गरिएका थापामाथि गैह कानुनी रूपमा आय आर्जन गरेको र दुरुपयोगमा संलग्न भएको पुष्टि भएको छ भने लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरी भने सफाइ पाएका छन्।

३ करोडभन्दा बढी सम्पत्ति गैरकानूनी :
यसै बिच थापाले आफ्नो कुल आयभन्दा ३ करोड ४५ लाख रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको देखिएको छ। अदालतले उनलाई एक वर्ष कैद सजायसँगै सो बराबरको जरिवाना गर्ने ठहर गरेको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति र त्यसबाट आर्जन भएको सम्पत्ति जफत गर्ने आदेशसमेत जारी गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button