हेडलाईनसमाचारगण्डकी

गायक पशुपति शर्मा सवार गाडी दुर्घटना : चार जना घाइते

प्रहार समाचार । स्याङ्जा , २१ साउन २०८२ बुधवार । चर्चित लोक दोहोरी गायक पशुपति शर्मा सवार कार स्याङ्जाको भीरकोटमा आज दुर्घटनामा परेको छ। पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–२ को कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा गायक शर्मा, शिव हमाल, घनश्याम रिजाल र कमला गैरे सामान्य घाइते भएका छन्। गायक शर्माको देब्रे हातमा चोट लागेको बताइएको छ।

उनीहरू सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा गएका थिए। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारपछि सबैको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button