हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

संघीय अस्पतालमा डिजिटल भुक्तानी अनिवार्य

प्रहार समाचार । काठमाडौँ, २१ साउन २०८२ बुधवार । अब देशभरका सबै संघीय अस्पतालमा अनलाइन तथा क्यूआरमार्फत् बिल भुक्तानी गर्न सकिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई पत्र पठाउँदै डिजिटल भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।

मन्त्री पौडेलको नौ बुँदे सुधार योजना :
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा देखिएको अनावश्यक भीड व्यवस्थापन गर्न नौ बुँदे सुधार योजना अघि सारेका छन्। यसैअन्तर्गत नागरिकलाई सहज सेवा दिने उद्देश्यले डिजिटल टिकट तथा भुक्तानी प्रणाली लागू गर्न लागिएको हो।

अनुगमन र कार्यान्वयनमा कडाइ :
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन प्रक्रिया पनि अघि बढाउने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालहरूको प्रतिबद्धताअनुसार भीड व्यवस्थापन र डिजिटल प्रणालीको कार्यान्वयनमा अब कडाइ गरिनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button