हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको निर्मल माविको विज्ञान समुह : पहिलो व्याजमा नै उत्कृष्ट नतिजा

प्रहार समाचार । तनहुँ, २१ साउन २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका वडा नं-१ , भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयले विज्ञान समुहको पहिलो व्याजमा नै उत्कृष्ट नतिजा ल्याउन साल भएको छ। विद्यालयक अनुसार राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०८२ सालको परीक्षामा कक्षा १२ को विज्ञान समुहमा अध्ययन गरेका विद्यार्थीहरूको सफलता प्रतिशत ८८.८८ रहेको छ। उत्कृष्ट ग्रेड (GPA) ३.६६ र न्यूनतम ग्रेड ३.१७ रहेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र बस्नेतले विज्ञान समुहको पहिलो ब्याचबाटै यति उत्साहजनक नतिजा आउनु विद्यालयका लागि गर्वको विषय भएको बताए। “हामीप्रति विश्वास राखी भर्ना भएका विद्यार्थीहरूले गरेको अथक मेहनत र विद्यालयको समर्पित शैक्षिक वातावरणले यो सफलता सम्भव भएको हो,” प्रधानाध्यापक बस्नेतले भने, “यो परिणामले भविष्यमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिको मार्ग खोल्नेछ।”

निर्मल माध्यमिक विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको कामना व्यक्त गरेको छ। विज्ञान समुहको पहिलो व्याचमा नै यस्तो सफलता प्राप्त भएपछि आगामी वर्षहरूमा थप विद्यार्थीहरू आकर्षित हुने विद्यालयको विश्वास रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button