हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकामा विमान दुर्घटना : चार चिकित्साकर्मीको गायो ज्यान

प्रहार समाचार । अमेरीका , २१ साउन २०८२ बुधवार । अमेरिकाको एरिजोनामा एक चिकित्सा परिवहन विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मंगलबार राति न्यूमेक्सिकोको अल्बुकर्कस्थित सीएसआई एभिएसन कम्पनीको विमान उत्तरी एरिजोनाको चीन्ले नजिकै दुर्घटना भएको हो।

फ्ल्यागस्टाफबाट करिब २०० माइल उत्तर–पूर्वतर्फ उडिरहेको उक्त विमानमा रहेका सबै चिकित्साकर्मी थिए। उनीहरू एक बिरामीलाई लिन गइरहेका थिए भने अवतरणको प्रयास गर्ने क्रममा विमानमा अचानक आगो लागेर दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनाको यथार्थ कारण अहिलेसम्म खुल्न नसकेकाले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुर्घटनाको अनुसन्धान संघीय निकायहरूले अघि बढाएको फक्स न्युजले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button