प्रहार समाचार । काठमाडौँ, २३ साउन २०८२ बिहीवार । हाल कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही पहाडी क्षेत्रमा समेत वर्षा जारी छ।

आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी र लुम्बिनीका पहाडी तथा तराई भू–भागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समय पनि देशका विभिन्न भागमा झरीको सम्भावना छ। मधेश, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। हाल मनसुनको न्यून चापीय रेखा मुलुकको तराईमा सक्रिय छ भने जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको महाशाखाले जनाएको छ।


























