हेडलाईनसमाचारबागमती

बागमती प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन

प्रहार समाचार । काठमाडौँ, २० साउन २०८२ मङ्गलवार । बगमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले आजै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

८ मन्त्रीको शपथ, एमाले-कांग्रेस गठबन्धनको सरकार
मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले एमालेका ६ र कांग्रेसका २ जना गरी ८ मन्त्री नियुक्त गरेका छन्। एमालेबाट मधुसूदन पौडेल (कृषि), डा. दिनेशचन्द्र देवकोटा (पूर्वाधार), जयराम थापा (श्रम), भरतबहादुर केसी (वन), किरण थापा (स्वास्थ्य), र विन्दु श्रेष्ठ (उद्योग) मन्त्री बनेका छन्। हेरौं मन्त्रीहरुको नामावली :

कांग्रेसका दुई मन्त्री, पाँच मन्त्रालय मुख्यमन्त्रीकै जिम्मा
कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री बनेका छन् भने शिवराज अधिकारी विनाविभागीय मन्त्रीमा नियुक्त भएका छन्। कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये बाँकी ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैंले राखेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button