प्रहार समाचार । तनहुँ, २० साउन २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिका–२ स्थित कालिका मार्ग चोकमा ‘निम्बुको चुक अमिलो’ भन्दै विक्री गर्न ल्याइएको ठूलो परिमाणमा झोल पदार्थ बरामद गरिएको छ। नारायणगढबाट पोखरा जाँदै गरेको सार्वजनिक बसबाट उक्त झोल पदार्थ चुक जस्तै देखिने झारेर दमौलीमा विक्री वितरणको तयारी हुँदैछ भन्ने सूचनाका आधारमा उक्त पदार्थ सहित एक महिलालाई नियन्त्रणमा लिइएको हो ।

उक्त पदार्थ बोकेर ल्याएकी गोरखा घर भई हाल चितवन बस्ने माकुरी भन्ने संगीता परियारलाई उक्त परिमाणको चुक जातो पदार्थ सहित नगर प्रहरीसमेतको सहयोगमा पकाउ गरि व्यास नगरपालिकामा राखिएको छ । तनहुँ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रमार्फत प्राप्त सूचनाका आधारमा झोल पदार्थ सहित ति महिला लाई नियन्त्रणम लिइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, व्यास–२ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, व्यस नगरका प्रशासकिय अधिकृत रामचन्द्र हड्खले, वडा सदस्य रफत साना मियाँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका अनुसा खरेल, सञ्चारकर्मी, नगर प्रहरीसहितको टोलीले मुचुल्का गरी कानुनी प्रक्रियामा जाने बताइएको छ ।

यसरी अनाधिकृत, अज्ञात स्रोतबाट बिना लेबलिङ तयार पारिएका यस्ता अखाद्य पदार्थले जन स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिन्छ । यसको न्यूनिकरणका लागि व्यास नगरपालिकाले जरै पत्तालगाएर कडा कारबाहीको दायरामा ल्याउन आम नगर बासिहरुको म रहेको छ ।


























