हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँको शान्तिवर्ष मा.वि. का विद्यार्थीमाझ नायक पल शाह : प्रेरणादायी भेटघाटले सबै उत्साहित

प्रहार समाचार । तनहुँ, २० साउन २०८२ मङ्गलवार । तनहुँको व्यास–५, चापाघाट स्थित शान्ति वर्ष माध्यमिक विद्यालयमा सोमवार विशेष रह्यो । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल शाह विद्यालय पुगेपछि विद्यार्थी तथा शिक्षक कर्मचारी सबै उत्साहित बने ।

विद्यालयमा आयोजित विशेष कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापक उदिप पौडेलले विद्यार्थीको चौतर्फी विकासमा यस्ता कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने धारणा राखे ।

उक्त कार्यक्रममा चलचित्र ‘मोहर’ का निर्माता विद्यालयका पूर्वविद्यार्थी चुम्बनजङ्ग शाही, निर्देशक ओम प्रतिक, गीतकार रामेश्वर रिजाल, सह–निर्देशक गिरिराज घिमिरे लगायतको टोली सहभागी थियो । कार्यक्रममा नायक शाहको उपस्थितिले विद्यालयको वातावरणलाई उत्साहपूर्ण बनायो ।

चलचित्र र टेलिभिजनको पर्दाबाट चिनिरहेका कलाकारलाई प्रत्यक्ष भेट्दा विद्यार्थीहरूमा विशेष उमंग देखिएको थियो । कतिले सेल्फी खिचे भने कतिले हस्ताक्षर (अटोग्राफ) लिनका लागि लाइनै लागे ।

त्यस अवसरमा नायक पल शाहले विद्यार्थीकालको समय नै व्यक्तित्व विकासको जग रहेको उल्लेख गरे । ‘तपाईंहरू इमान्दारी, अनुशासन र परिश्रमलाई जीवनको मूल मन्त्र बनाउनुहोस् अवश्य सफलता हात पर्ने छ।’- नायक शाहले भने ।

उनको प्रेरणादायी सन्देशले विद्यार्थीहरूमा नयाँ ऊर्जा थपिएको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक यात्रा र सिर्जनात्मक क्रियाकलापसँगै राष्ट्रिय कलाकारको उपस्थिति र संवादले विद्यार्थीको दृष्टिकोण फराकिलो बन्ने विद्यालयको भनाई छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button