हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानुमा जुवातास खेल्दै गरेका ६ जुवाडे पक्राउ

प्रहार समाचार । तनहुँ, १९ साउन २०८२ सोमवार । तनहुँको भानु नगरपालिका–१ मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये घरधनी ५८ वर्षीय कर्ण बहादुर गुरूङ पनि रहेका छन्।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय भानुबाट खटिएको टोलीले कर्ण बहादुरको घरमै जुवातास खेलिरहेको सूचना पाएपछि उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ३५ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक तास बरामद गरेको जानकारी दिएको छ।

हाल उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य भएकाले आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button