प्रहार समाचार । काठमाडौं, १९ साउन २०८२ सोमवार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १६.४६ अंकले बढेर २,८७५.३६ विन्दुमा पुगेको छ, जुन ०.५७ प्रतिशतको वृद्धि हो।

आज ३२५ कम्पनीका २ करोड ७१ लाखभन्दा बढी कित्ता शेयर एक लाख ४९ हजार पटक कारोबार हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको हो।
बैंकिङ, जलविद्युत्, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, व्यापार लगायतका सूचक सकारात्मक रहे पनि विकास बैंक, वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य समूह ओरालो लागेका छन्। थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ६.८९ प्रतिशतले उकालो लाग्दा ट्रेड टावर लिमिटेडमा भने नकारात्मक सर्किट लागेको छ।


























