आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको ऐना पहरामा बस दुर्घटना : दुई गम्भीर घाइते, उद्धार कार्य जारी

प्रहार समाचार । तनहुँ, १८ साउन २०८२ आइतवार । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डको तनहुँस्थित आँबुखैरेनी नजिकै रहेको ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ। गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग.२ ख. १०७७ नम्बरको बस आज दिउसो मर्स्याङ्दी नदी किनारमा खस्दा तीन यात्रु गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनापछि उद्धार कार्य तीव्र रूपमा जारी छ। बस मर्स्याङ्दी नदीको किनारमा उत्तानो अवस्थामा परेको छ । ऐना पहरामा यात्रुहरु नुहाउन रोकेको उक्त बसका यात्रुहरु केहि मात्र बसमा चढेका र केहि चढ्नै बाँकी रहेको अवस्थामा बस व्याक गर्ने क्रममा उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

यसअघि पनि यही क्षेत्रमा सवारी दुर्घटना भई ठूलो जनधनको क्षति भएको थियो। २०८१ साल भदौ ७ गते भारतीय तीर्थयात्री सवार बस यही ऐना पहराबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको ज्यान गएको थियो। बारम्बार दुर्घटना दोहोरिइरहेकाले ऐना पहरा क्षेत्रलाई ‘दुर्घटना सम्भावित ब्ल्याक स्पट’का रूपमा व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button