हेडलाईनसमाचारप्रदेश

गुण्डाको नाइके चक्रे मिलनसहित १९ जना प्रहरी खोरमा : अभद्र व्यवहारको मुद्दा दर्ता

प्रहार समाचार । काठमाडौं, १६ साउन २०८२ शुक्रवार । काठमाडौंको एक होटलमा बिहीबार राति आयोजित जन्मदिनको पार्टी अपराध अनुसन्धानको केन्द्र बिन्दु बनेको छ। सो पार्टीबाट पक्राउ परेका कुख्यात गुण्डाका नाइके भनिएका चक्रे मिलनसहित १९ जनालाई प्रहरीले अभद्र व्यवहारको आरोपमा काठमाडौं जिल्ला अदालतमा पेश गर्दै ७ दिनको म्याद थप गराएको छ।

प्रहरीले उक्त रात ४७ जनालाई नियन्त्रणमा लिए पनि ‘स्क्रिनिङ’ प्रक्रियापछि २८ जनालाई रिहा गरिएको छ। बाँकी १९ जनामाथि भने अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतले जानकारी दिए।

“घटनास्थलमा देखिएको गतिविधि, संलग्नता र प्रमाणको आधारमा १९ जनाविरुद्ध थप अनुसन्धान आवश्यक देखिएको हो,” ती अधिकृतले बताए।

पक्राउ परेकाहरूलाई अभद्र व्यवहार ऐन अन्तर्गत थुनामा राखेर अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ। अनुसन्धानको यो प्रक्रिया शान्तिसुरक्षा भंग गर्ने संभावित गतिविधिमाथि कडाइका साथ निगरानी गरिरहेको संकेतका रूपमा हेरिएको छ।

यसरी रातको रमाइलो भनेर सुरु भएको एक निजी पार्टी, अहिले प्रहरी अनुसन्धानको फोकस बनेको छ। चक्रे मिलनको संलग्नता र उनका साथिहरूको भूमिका अब आगामी दिनमा अनुसन्धानबाट थप प्रष्ट हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button