हेडलाईनसमाचारप्रदेश

“कृषिमा मौलिकता जोगाउँदै संस्कृति संरक्षण गर्नुपर्छ” – मन्त्री पौडेल

प्रहार समाचार । काठमाडौं, १६ साउन २०८२ शुक्रवार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कृषि हाम्रो मौलिकता भएको उल्लेख गर्दै यसको संरक्षण र प्रोत्साहन राज्यको जिम्मेवारी भएको बताएका छन्।

विश्व भाषा क्यामासद्वारा आयोजित ‘नेपाली मौलिक परम्परा: साउन १५ मा खीर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पौडेलले कृषिलाई श्रम मात्र नभई संस्कृतिको एक अभिन्न अंगको रूपमा बुझ्नुपर्नेमा जोड दिए। उनले भने, “किसानलाई जसरी भए पनि राज्यले प्रोत्साहन गर्नैपर्छ। स्थानीय उत्पादन र परम्परागत खानाको सम्मानबाट मात्र कृषि पेशाको सम्मान सम्भव हुन्छ।”

कार्यक्रममा क्यामास प्रमुख , विभागिय प्रमुख लगायत स्वतन्त्र विद्यार्थी यूनियन पद्मकत्या क्यामासकाकी सभापति भूपि ऐर , ठूलो सङ्ख्यामा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा खीर पकाउने, बाँड्ने र किसान उत्पादनको प्रदर्शनी जस्ता क्रियाकलापमार्फत नेपाली सनातन धर्म, संस्कार र मौलिक परम्पराप्रतिको श्रद्धा अभिव्यक्त गरे।

नेपाली सनातन परम्परामा खीर पवित्रता, श्रद्धा र समर्पणको प्रतीक हो। खीर दिवसको अवसरमा देवीदेवतामा चढाउने, घरपरिवारमा बाँड्ने र समाजमा सद्भावको भावना सँगाल्ने परम्परा अझै जीवित छ। खीर संस्कार, संस्कृति र आस्थाको मिठास हो, जसले हाम्रो धर्म, परम्परा र पुर्खाहरूप्रतिको आस्थालाई जीवन्त राख्छ। कृषि पर्यटन, मेला र प्रदर्शनमार्फत खीर दिवसले आम्दानी, जागरूकता र सामुदायिक एकताको सन्देश दिन सकेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button