हेडलाईनसमाचारसाहित्यप्रदेश

राष्ट्रिका साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व : अध्यक्षमा घिमिरे

प्रहार समाचार । काठमाडौँ, १६ साउन २०८२ शुक्रवार । राष्ट्रिका साहित्य प्रतिष्ठानको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा हिंजो सम्पन्न साधारण सभाबाट ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । प्रतिष्ठानको उपाध्यक्षमा डा. शान्तिमाया गिरी, मधु पाठक महासचिव, सुमन घिमिरे सचिव, हरिवोल ढकाल कोषाध्यक्ष तथा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटा सदस्यमा चयन भएका छन् ।

सभामा साहित्य, संस्कृति र समाज सेवा क्षेत्रमा प्रतिष्ठानको योगदानको चर्चा गर्दै आगामी दिनमा नयाँ कार्यसमितिले संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


‘संस्कृति संवाद’ शीर्षक अन्तरक्रियात्मक सत्रले विशेष ध्यान खिच्यो :

राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारण सभामा ‘संस्कृति संवाद’ शीर्षक अन्तरक्रियात्मक सत्रले विशेष ध्यान खिच्यो। प्रमुख अतिथि प्रा.डा. पुरुषोत्तम दाहालले साहित्य र संस्कृतिको समन्वय अपरिहार्य भएको उल्लेख गर्दै असार १५ को सन्दर्भमा कार्यक्रम आयोजना गर्नु प्रतीकात्मक महत्व बोकेको बताए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले युवामा साहित्यिक चेतना जगाउने र मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। साथै, स्रष्टाहरू पवन आलोक, प्रा.डा. जीवन अधिकारी र चिनिमायाँ माझीले शुभकामना मन्तव्य दिँदै साहित्यिक अभियानलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे।


साहित्यिक जागरणमा राष्ट्रिका : कार्यसमिति चयनसँगै योजना अघि बढ्ने संकेत :

राष्ट्रिका साहित्य प्रतिष्ठानले नयाँ नेतृत्व चयन गर्दै आगामी अभियानहरूलाई थप संस्थागत गर्ने संकेत गरेको छ। आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्दै सम्पन्न सभाले साहित्य र समाज सेवा क्षेत्रलाई जोड्ने कार्ययोजना बनाउने तयारी गरेको छ।

कार्यक्रममा संस्थाका वरिष्ठ स्रष्टा, विश्लेषक र संस्कृतिविद्हरूको उपस्थिति देखिनु, साहित्यिक बहसको गहिराइ र नयाँ सोचसहितको नेतृत्वले प्रतिष्ठानको आगामी यात्रालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। सभाको सहजिकरण मधु पाठकले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button