हेडलाईनव्याससमाचारगण्डकी

पुण्यस्मृतिमा मानव सेवा : वृद्धाश्रम र गुरुकुलमा मिष्ठान्न भोजन

प्रहार समाचार । तनहुँ, १२ साउन २०८२ सोमवार । कालिकोट जिल्ला निवासीछोरा डा. प्रकाश कालिकोटे/जमुना कालिकोटे र छत्र कालिकोटे/कृष्णमाया कालिकोटेको आमा मन माया कालिकोटे खड्काको १३औं दिनको तिथिको अवसरमा अमेरिका ओहियो प्रान्तबाट प्राप्त भएको सहयोगबाट आज जेष्ठ नागरिक आश्रम र गुरुकुलमा मिष्ठान्न भोजन कार्यक्रम आयोजना गरिएको छ।

राष्ट्रिय परोपकार महासंघ नेपाल, जिल्ला कार्य समिति व्यास नगरपालिका – ५, पराशर क्षेत्र बेनिपाटनमा रहेका जेष्ठ नागरिक चौतारीमा बसोबास गर्दै आएका जेष्ठ नागरिकहरु र व्यास–५ कै पाटनस्थित पराशर आश्रम संरक्षण समिति बेनीपाटनद्वारा सञ्चालित महर्षि वेदव्यास वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूलाई समेत भोजन गराइएको हो ।

कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले स्वर्गीय मनमाया खड्काको सम्झनामा गरिएको सहयोगलाई प्रेरणादायी भन्दै यसले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिप्रतिको उत्तरदायित्वबोध गराउने बताए। महासंघका सचिव ऋषिराम ढुङ्गानाले समाजसेवामा यस्ता उदाहरणीय योगदानले दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्दै सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको समन्वय व्यास–१ करङकाठ निवासी समाजसेवी ईश्वरी गौलीले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button