प्रहार समाचार । काठमाडौं, ११ साउन २०८२ आइतवार । अबदेखि सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा सञ्चालन भइरहेका वाइफाइ हटस्पटहरू बन्द गरिने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाइ हटस्पट सञ्चालन विनियमावली २०७५ संशोधन गर्दै टेलिफोन सेवा प्रदायकबाहेकका अन्य संस्थाले सार्वजनिक स्थानमा स्वतन्त्र रूपमा वाइफाइ सञ्चालन गर्न नपाउने स्पष्ट पारेको छ।

संशोधित विनियमावलीअनुसार अब वाइफाइ सेवा भवनभित्र वा भवनले ओगटेको परिधिभित्र मात्रै सञ्चालन गर्न पाइनेछ। बसपार्क, विमानस्थल, अस्पताल, रेस्टुरेन्ट, सपिङ मल, बगैंचा, उद्यान जस्ता क्षेत्रभित्र सीमित दायरामा मात्र वाइफाइ सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। हेरौं प्राधिकरणको सूचना :

यद्यपि, यस्ता संस्थाहरूले सार्वजनिक स्थलमा एक पटकको लागि सीमित अवधिमा वा सीमित मात्रामा हटस्पट सेवा दिने छुट भने कायम राखिएको छ। प्राधिकरणको यो निर्णयले सेवा सुरक्षासँगै दुरुपयोग नियन्त्रणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

























