हेडलाईनसमाचारप्रदेश

कारागारबाट दुर्गा प्रसाईंको भावुक सन्देश : “नातिले सोध्छ रे, हजुरबा कहिले आउनुहुन्छ?”

प्रहार समाचार । काठमाडौँ, ११ साउन २०८२ आइतवार । चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनका मुख्य आयोजकमध्येका एक दुर्गा प्रसाईंले कारागारबाटै भावुक सन्देश सार्वजनिक गरेका छन्। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं राजावादी अभियानको नेतृत्व गर्दै आएका थिए। आन्दोलनपछि उनलाई राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको थियो। हाल कारागारमा रहेका प्रसाईंको सन्देश उनको सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो।

सन्देशमा प्रसाईंले परिवार प्रतिको माया र कारागारको पीडा व्यक्त गरेका छन्। उनले लेखेका छन्, “सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा – हजुरआमाका काखमा नातिनातिना होउन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातिले धेरै याद गर्छ रे।” उनले आफ्ना नातिले बारम्बार हजुरबा कहिले आउने भनेर सोध्ने गरेको उल्लेख गरेका छन्। मोबाइलमा उनको फोटो हेरेर नातिले चिन्न खोज्ने कुरा उल्लेख गर्दै प्रसाईंले कारागारमै भए पनि नातिसँग एकछिन खेल्न पाउने चाहना व्यक्त गरेका छन्।

प्रसाईंले छोरीको भविष्यसँग जोडिएको अपेक्षा पनि पोखेका छन्। “विद्यार्थी बनाएर पठाएकी छोरी यही महिना डाक्टर बनेर फर्किँदै छ,” भन्दै उनले छोरीलाई एयरपोर्टमै स्वागत गर्ने रहर अब अधुरो हुने बताएका छन्। छोरीप्रतिको पितृप्रेम देखाउन नपाउने पीडा उनले सन्देशमार्फत व्यक्त गरेका छन्। कारागारको बन्द सीमाभित्रबाट आएका यी शब्दहरूले उनको भावनात्मक अवस्था र पारिवारिक माया प्रष्ट झल्काउँछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button