हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

एएफसी यू-२० महिला छनोटका लागि नेपाली टोली घोषणा : सजिना स्याङताङ नयाँ अनुहार

प्रहार समाचार । काठमाडौँ, ११ साउन २०८२ आइतवार । नेपालले सन् २०२६ मा थाइल्यान्डमा हुने एएफसी यू-२० महिला च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीमा साफ यू-२० महिला च्याम्पियनसिप खेलेकी डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङताङलाई नयाँ अनुहारको रूपमा समावेश गरिएको छ। नेपाली टोलीको नेतृत्व बिर्सना चौधरीले गर्नेछिन् भने टोलीको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ छन्। तस्बिर : फाइल फोटो

छनोटको समूह ‘बी’ मा नेपालसहित आयोजक भुटान, साउदी अरेबिया र उत्तर कोरिया रहेका छन्। प्रारम्भमा समूहमा पाँच टोली रहे पनि मंगलियाले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतिस्पर्धी टोली चारमा सीमित भएको हो। प्रतियोगिता ६ अगस्टदेखि भुटानमा सुरु हुनेछ। नेपालले उद्घाटन खेलमै आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि ८ अगस्टमा साउदी अरेबिया र १० अगस्टमा उत्तर कोरियाविरुद्ध खेल्ने तालिका तय भएको छ।

छनोटको अन्त्यमा समूह विजेता सिधा च्याम्पियनसिपका लागि छनोट हुनेछ भने दोस्रो स्थानमा रहने टोलीलाई पनि अवसर मिल्ने सम्भावना छ। आठ समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने तीन दोस्रो स्थानका टोलीले पनि आगामी वर्ष अप्रिल १ देखि १८ सम्म थाइल्यान्डमा हुने एएफसी यू-२० महिला च्याम्पियनसिपमा स्थान सुरक्षित गर्न सक्नेछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button