हेडलाईनसमाचारप्रदेश

नेपाल प्रहरीको एक वर्षको गतिविधिबारे जानकारी

प्रहार समाचार ।काठमाडौं, ११ साउन २०८२ आइतवार । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले एक वर्षको अवधिमा संगठनबाट सम्पन्न मुख्य कार्य, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउन आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीहरूसँग साक्षात्कार सम्पन्न गरेका । कार्यक्रममा उनले मानव स्रोत व्यवस्थापनदेखि अपराध अनुसन्धान, प्रशिक्षण, ट्राफिक व्यवस्था, शान्ति सुरक्षासम्बन्धी तथ्याङ्क र पहलहरू प्रस्तुत गरेका थिए ।

प्रहरी नायव महानिरीक्षक घिमिरेले २०८१ साउन १ देखि २०८२ असार मसान्तसम्मको अवधिमा प्रहरी संगठनबाट गरिएको प्रमुख कार्यहरूबारे विस्तृत प्रस्तुतीकरण गर्दै दरबन्दी, कार्यरत संख्या, भौतिक संरचना, सरूवा, बढुवा, कारबाही, पुरस्कार तथा तालिमहरूबारे संख्यात्मक विवरण प्रस्तुत गरे । साथै उनले मुद्दा दर्ता, अनुसन्धान, मुख्य अपराध, फैसला कार्यान्वयन, हराएका तथा फेला परेका व्यक्तिको तथ्याङ्कसहित नेपाल प्रहरीको अपराध नियन्त्रणमा देखिएको सफलता र चुनौतीबारे प्रकाश पारे ।

कार्यक्रममा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै डीआईजी घिमिरेले संगठन सुधार र नागरिक प्रतिको जवाफदेहीता अभिवृद्धिका लागि सञ्चारकर्मीहरूबाट प्राप्त सुझाव र प्रश्नप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारमाध्यमबीच सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button