हेडलाईनसमाचारसाहित्यप्रदेश

बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट चार स्रष्टा सम्मानित

प्रहार समाचार । काठमाडौँ, ११ साउन २०८२ आइतवार । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ बाट चार जना स्रष्टालाई पुरस्कृत गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको आयोजनामा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला) र भुवन ढुङ्गाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशिसहित सम्मान गरिएको हो।

पुरस्कार वितरण गर्दै प्रधानमन्त्री ओलीले बीपी कोइरालाको योगदानलाई स्मरण गर्दै लोकतन्त्रको स्थापनाका लागि उनले गरेको संघर्ष राष्ट्रकै गौरव भएको बताए। “आज कुनै कुरा मन परेन भने अधिनायकवादी भनिदिन्छन्,” उनले भने, “तर अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा जेल, हत्कडी र कालकोठरी भोगेकाहरूलाई मात्र थाहा हुन्छ।” ओलीले लोकतान्त्रिक परिवर्तनको लागि कांग्रेस र कम्युनिस्ट दुवैले सँगसँगै बलिदानपूर्ण आन्दोलन गरेको उल्लेख गरे।

नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा बीपी कोइरालाको सम्मानमा स्थापना गरिएको यो पुरस्कार २०७८ सालदेखि नियमित रूपमा वितरण हुँदै आएको हो। राजनीति र साहित्य दुबै क्षेत्रमा अतुलनीय योगदान दिएका जननायक बीपी कोइरालाको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारले उहाँको योगदानलाई चिरस्थायी रूपमा स्मरण गराउने उद्देश्य लिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button