प्रहार समाचार । तनहुँ, १० साउन २०८२ शनिवार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले जिल्लाको शुक्लगण्डकी नगरपालिका वडा नम्बर १० मा वडा अधिवेशन सम्पन्न गरेको छ। वडा अध्यक्ष दिलकुमारी खाँडको अध्यक्षतामा सम्पन्न अधिवेशनले १९ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ।

कार्यसमितिमा दिलकुमारी खाँड अध्यक्ष, बाबुराम रेग्मी उपाध्यक्ष, दीपक खाँड ठकुरी सचिव, मनिषा अधिकारी कोषाध्यक्ष, खेमबहादुर थापा सहसचिव चयन भएका छन्। यस्तै, हुमबहादुर खाँड, गुनु चन्द, अजिता खाँड, कल्पना खाँड ठकुरी, सुस्मिता खाँड ठकुरी, देवी खाँड ठकुरी, कल्पना खाँड, कृष्णबहादुर खाँड, रिता खाँड, राधा खाँड, भिमबहादुर खाँड, खिमबहादुर थापा, डिक बहादुर मल्ल र सिद्धबहादुर खाँड सदस्यमा निर्वाचित भएका छन्।

सो अवसरमा राप्रपाको राष्ट्रवादी विचार र मार्गदर्शनमा आकर्षित भई विभिन्न दल परित्याग गरी १५ जना नयाँ सदस्य पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेमा हुमबहादुर खाँड, दीपक खाँड, मनिषा अधिकारी, गुनु चन्द, अजिता खाँड, कल्पना खाँड ठकुरी, सुस्मिता खाँड, देवी खाँड, कल्पना खाँड, दिलकुमारी खाँड, रिता खाँड, राधा खाँड, भिमबहादुर खाँड, खिमबहादुर थापा र डिक बहादुर मल्ल छन्।

नवप्रवेशी सदस्यहरूलाई राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले टिका र माला लगाई स्वागत गरेका थिए। अध्यक्ष घर्तीले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति जोगाउने राप्रपाको मूल ध्येयप्रति समर्पित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे। कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेताहरूको उपस्थिति रहेको थियो।


























