हार समाचार । तनहुँ, १० साउन २०८२ शनिवार । पत्रकारको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै व्यास नगरपालिकाको आर्थिक सहयोगमा तनहुँका ३४ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सञ्चालित यस कार्यक्रममा १८ जना पत्रकारको नयाँ दर्ता र १६ जनाको नवीकरण गरिएको हो ।

आज आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले बीमा कार्ड वितरण गर्दै प्रेस स्वतन्त्रता, सुशासन र कानुनी शासनका लागि पत्रकारको भूमिका अपरिहार्य भएको उल्लेख गरे । उनले नगरपालिकाले पत्रकारिताको विकासका लागि निरन्तर सहकार्य गर्दै आएको जनाउँदै सही र निष्पक्ष सूचनाले समाजको मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासङ्घका पदाधिकारी, सञ्चार संघसंस्थाका प्रतिनिधिहरूले स्वास्थ्य बीमालाई पत्रकारको सुरक्षासँग जोडिएको अत्यावश्यक पहलका रूपमा व्याख्या गरेका थिए । महासङ्घको हालैको बैठकले जिल्लाका सम्पूर्ण पत्रकारलाई बीमामा समेट्ने निर्णय गरेअनुसार यो अभियान अगाडि बढाइएको अध्यक्ष डिपी अधिकारीले बताए । ह


























