हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

देशका विभिन्न भागमा वर्षा र चट्याङको प्रभाव : मनसुन भने कमजोर

प्रहार समाचार । काठमाडौँ, १० साउन २०८२ शनिवार । गएरातिदेखि सिन्धुपाल्चोक, मकवानपुर र डोटी जिल्लामा व्यापक वर्षा भएको छ भने हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशका केही स्थानहरूमा समेत वर्षा भइरहेको जनाइएको छ।

दिउँसो पनि चट्याङसहित वर्षाको सम्भावना, कोशी–मधेशमा हावाहुरीको चेतावनी :
आज दिउँसो देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा तराईका थोरै भू–भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेशको तराई र मधेश क्षेत्रमा हावाहुरी चल्ने पूर्वसंकेत दिइएको छ, जसले गर्दा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

राति अझै वर्षा बढ्ने, तर मनसुन सक्रिय छैन :
मौसमविद्का अनुसार आज राति कोशी प्रदेशको पहाडी र तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मध्यम वर्षा हुनसक्ने सम्भावना छ। यद्यपि, हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेको जानकारी महाशाखाले दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button