हेडलाईनसमाचारगण्डकी

लमजुङमा अटो दुर्घटना : छ घाइते, दुईको अवस्था गम्भीर

• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ९ साउन २०८२ शुक्रवार । लमजुङको बेसीशहर–चामे सडकखण्ड अन्तर्गत बेसीशहर नगरपालिका–६ स्थित खरखरे भीरमा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

बेसीशहर बजारबाट खुदीबजारतर्फ जाँदै गरेको ग १ ह २८५ नम्बरको अटो अनियन्त्रित भई भीरबाट खस्दा अटो मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरूमा गोरखा आरुघाट गाउँपालिका–१, मानगाउँ घर भई बेसीशहर–६, चनौटे बस्ने ४० वर्षीया शिलादेवी गुरुङ, सोही स्थानका ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र नुवाकोटको तादी गाउँपालिका–२ की ४५ वर्षीया सुस्मिता तामाङ रहेका छन्।

घाइतेमध्ये स्यानुमाया गुरुङ र सुस्मिता तामाङको अवस्था गम्भीर रहेको र शरीरका विभिन्न भागमा चोट लागेकाले उनीहरूलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रदेश अस्पताल लमजुङले जनाएको छ।

अटो चालक मर्स्याङ्दी गाउँपालिका–४, ताघ्रीङ बस्ने ३० वर्षीय टोपबहादुर लामाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। अन्य घाइतेहरूको उपचार हाल प्रदेश अस्पताल लमजुङमै भइरहेको छ। दुर्घटनापछि अटो मर्स्याङ्दी नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button