हेडलाईनसमाचारसाहित्यप्रदेश

तनहुँका राजकुमार बगर ‘एभरेष्ट राष्ट्रिय संगीतकर्मी सम्मान २०८२’ बाट सम्मानित

प्रहार समाचार । काठमाडौं, ९ साउन २०८२ शुक्रवार । ‘कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नारासहित सञ्चालन गरिएको ‘दृश्यमा कोशी प्रदेश श्रृंखला–१’ कार्यक्रम अन्तर्गत वरिष्ठ संगीतकर्मी राजकुमार बगरलाई ‘एभरेष्ट राष्ट्रिय संगीतकर्मी सम्मान २०८२’ प्रदान गरिएको छ। नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा बिहिवार आयोजित समारोहमा बगरको तीन दशकभन्दा लामो सांगीतिक योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

तनहुँका चर्चित संगीतकर्मी बगरले नेपाली सुगम संगीतको क्षेत्रमा प्रेम, समाज, संस्कृति र जीवनका गहिरा अनुभूतिहरू समेटिएका सयौं लोकप्रिय गीतहरू सिर्जना गर्दै आइरहेका छन्। कालजयी अवधारणा बोकेको संगीतमार्फत दर्शक–श्रोता तथा नेपाली सांगीतिक इतिहासमै गहिरो छाप छाड्न सफल उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू समेत प्राप्त गरि सकेका छन् । लोक र आधुनिक शैलीको समन्वय, रचनात्मक लय तथा प्रविधिको प्रयोगले उनका गीतहरू नेपाली संगीतप्रेमीको मन मुटुमा बस्न सफल छन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री बद्रि पाण्डे, एभरेष्ट ग्यालरी नेपालका संरक्षक माधब राज खरेल, संयोजक सनम कठायतले संयुक्त रूपमा राजकुमार बगर लाई सम्मान गरेका थिए । त्यस अबसरमा कोशी प्रदेशको सांस्कृतिक विविधता झल्किने दृश्य र प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो।

सम्मानित संगीतकर्मी बगरले ‘हरेक सम्मानले, हरेक सम्मानित सर्जकलाई अझ ऊर्जा थप्दछ सायद ! भन्दै य सम्मानको लागि स एभरेष्ट ग्यालरी टिमलाई धन्यवाद दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button