हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मनसुनी वर्षाको प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, ७ साउन २०८२ बुधवार । गएराति देशका विभिन्न भागमा अविरल वर्षा भएको छ । संखुवासभा, ताप्लेजुङ, इलाम, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, बैतडी र उदयपुर लगायतका जिल्लामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षाले केही ठाउँमा साना खोलानालामा पानीको बहाव बढेको र पहिरोको जोखिम समेत बढाएको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसोतिर देशका धेरै स्थानमा पानी पर्ने पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ

मौसमविद्हरूका अनुसार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा आज राति पनि देशका सबै प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । नागरिकहरूलाई सतर्क रहन र नदी–नालाको बहावबारे जानकारी लिएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button