हेडलाईनसमाचारगण्डकी

लमजुङमा देखापर्‍यो अत्यधिक विषालु ‘राज गोमन सर्प’

• विजय अधिकारी ( प्रहार संवाददाता ) ६ साउन २०८२ मङ्गलवार । बेसीशहर नगरपालिका–१ चिप्लेटीमा अत्यधिक विषालु प्रजातिको सर्प ‘राज गोमन (King Cobra)’ देखिएको छ। पुरुषोत्तम सिलवालको घरभित्र सोमबार दिउँसो करिब १ बजे सर्प पसेको थियो। गोमन सर्प पसलअगाडिको सडक हुँदै घरको टिनको भित्तासम्म पुगेपछि तत्काल डिभिजन वन कार्यालय लमजुङलाई जानकारी दिइएको थियो ।

सूचना पाउनेबित्तिकै वन कार्यालयका कर्मचारी घटनास्थल पुगेका थिए। उनीहरूले घरभित्र लुकेको सर्पलाई सुरक्षित रूपमा उद्धार गरी त्यसलाई पुनः प्राकृतिक बासस्थानमा छोडेका थिए। डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनालका अनुसार उद्धार गरिएको सर्प ‘राज गोमन’ अर्थात् ‘किङ कोब्रा’ हो, जुन सामान्यतः उष्ण भेगमा पाइने विषालु सर्प हो।

सामान्यतः तराई तथा सिँचाइयुक्त चिसो–तातो समशीतोष्ण क्षेत्रमा पाइने यो सर्प पहाडी जिल्लामा देखिनु जलवायु परिवर्तनको असर हुनसक्ने विज्ञहरू बताउँछन्। यति विषालु सर्पले डसेमा केही मिनेटमै शरीरमा विष फैलिने, बोल्न र सास फेर्न गाह्रो हुने, र ज्यानै जाने अवस्था आउन सक्ने हुँदा यस्ता घटनामा तत्काल स्वास्थ्य उपचार अत्यावश्यक हुन्छ। अध्ययनअनुसार नेपालमा हरेक एक लाखमा २२ जनाको मृत्यु सर्पदंशबाट हुने देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button