हेडलाईनसमाचारभानुगण्डकी

रास्वपा तनहुँका सदस्य लौडारी निलम्बनमा

प्रहार समाचार । तनहुँ, ६ साउन २०८२ मङ्गलवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले भानु नगरपालिका–१३ का पार्टी सदस्य प्रकाश लौडारीलाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको निर्णयअनुसार लौडारीले पार्टी नेतृत्वविरुद्ध गालीगलौज, अमर्यादित अभिव्यक्ति र सामाजिक सञ्जालमा भ्रामक तथा कपोकल्पित पोस्टहरू सार्वजनिक गरेको भन्दै प्रदेश अनुशासन आयोग, गण्डकी प्रदेशमा औपचारिक सिफारिस पेश गरिएको हो ।

रास्वपा तनहुँका सचिव पदमराज न्यौपानेद्वारा हस्ताक्षरित सिफारिसपत्रमा उल्लेख गरिएको छ कि लौडारीको आचरणले पार्टीको मर्म र हितविरुद्ध कार्य गर्दै आएको र निरन्तर सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी गरेर पार्टी अनुशासन भंग गरेको उल्लेख छ। सोही आधारमा उनलाई तत्काल सदस्यताबाट हटाइ अनुशासनात्मक कारबाही गर्न अनुरोध गरिएको हो।

यसैबीच, हिजो प्रहार अनलाइन मिडियामा ‘रास्वपा नेता लौडारीले रात्रिकालीन हतियारसहितको ताण्डव देखाएपछि प्रहरी नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचारले थप चासो सिर्जना गरेको थियो । लौडारीले मदिरा सेवन गरेर भानु–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीको घरमा पुगेर ‘मार्छु’ भन्दै खुँडा देखाएर आतंक फैलाएका थिए। रातिको समयमा स्थानियको घरभित्र पस्न लागेका लौडारीले खुँडाले झटारो समेत हानेका थिए। पीडितहरुले समयमै ढोका बन्द गरेर ज्यान जोगाएका थिए । यस घटना पछि प्रहीले उनलाई पक्रेर हिरासतमा राखेको थियो । यसै बिच लौडारीले गल्ति गरेपछि तिन महिना अगाडीको मिति राखेर पार्टी तथा कार्यकर्ताको इज्जत जोगाउन विज्ञप्ति निकालेको विश्वस्त श्रोतले बतायो । घटना घटेको अघिल्लो हप्ता सम्मपनि लौडारीको सदस्यता कायमै रहेको श्रोतले बताएको छ। हेरौं अघिल्लो मितिको विज्ञप्ति :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button