हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ६ साउन २०८२ मङ्गलवार । आज उपत्यकासहित देशका धेरै स्थानमा अहिले सक्रिय मनसुनको प्रभावले वर्षा भइरहेको छ। काठमाडौंमा मध्यरातदेखि नै हल्का वर्षा भइरहेको छ भने सिन्धुपाल्चोक, नुवाकोट, झापा, ताप्लेजुङ, संखुवासभा, तनहुँ, प्युठानलगायतका जिल्लामा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो १२ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा पानी परेको छ।


मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह :
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकीलगायत पहाडी क्षेत्रका केही स्थानमा तथा बाँकी भूभागका थोरै ठाउँमा चट्याङसहित पानी पर्ने देखिएको छ। बागमती र गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।


मनसुन सक्रिय भए पनि अपेक्षित वर्षा नपर्दा कृषि प्रभावित, रोपाइँ अलपत्र :
यसबर्ष मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान रहे पनि हालसम्म अपेक्षित वर्षा नभएको मौसमविद्‍हरू बताउँछन्। डेढ महिनासम्म पर्याप्त पानी नपरेकाले विशेषगरी मधेश प्रदेश र मध्यपहाडका धेरै ठाउँमा अझै रोपाइँ सुरु हुन सकेको छैन। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहे पनि पूर्वी क्षेत्रमा मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षा अपेक्षाअनुसार भएको छैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button