हेडलाईनव्याससमाचारगण्डकी

बीपी स्मृति दिवसमा नेपाली कांग्रेस तनहुँद्वारा रक्तदान तथा कविता प्रतियोगिता आयोजना : सरिक हुन सबैलाई आग्रह

प्रहार समाचार । तनहुँ, ६ साउन २०८२ मङ्गलवार । नेपाली कांग्रेस तनहुँले ४३औं बी.पी. स्मृति दिवसको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका सन्देशलाई उजागर गर्ने प्रयास गरेको छ। वीपी कोइरालाको योगदानलाई स्मरण गर्दै आज दमौलीको वीपी स्मृति भवन परिसरमा विशेष कार्यक्रमको आयोजना गरिने भएको हो।

कार्यक्रम अन्तर्गत बिहान रक्तदान कार्यक्रम सुरु हुने र त्यसपछि बिहान ११:०० बजे खुल्ला कविता प्रतियोगिता सञ्चालन गरिने नेपाली कांग्रेस तनहुँले जानकारी दिएको छ। पार्टी सभापति जितप्रकाश आलेले रक्तदान कार्यक्रम सफल बनाउन नेपाली कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक संगठन तथा सर्वसाधारण नागरिकहरूलाई सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार कार्यक्रमले बीपी कोइरालाको विचारधारालाई व्यवहारमा उतार्ने प्रयत्न गर्नेछ ।

नेपाली कांग्रेस तनहुँले विगत वर्षहरूझैं यस वर्ष पनि बीपी स्मृति दिवस भव्य रूपमा मनाउने तयारी गरेको जनाएको छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई संस्थागत गर्न बीपी कोइरालाको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै कांग्रेसले युवापुस्तामा उक्त विचारको पुनः जागरण गराउने लक्ष्य राखेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button