हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतका उपराष्ट्रपति जगदीपले दिए राजीनामा

प्रहार समाचार । भारत , ६ साउन २०८२ मङ्गलवार । भारतका उपराष्ट्रपति जगदीप धनखडले आफ्नो पदबाट राजीनामा दिएका छन्। ७४ वर्षीय धनखडले गएराति राष्ट्रपति द्रौपदी मुर्मुलाई स्वास्थ्यको कारण देखाउँदै राजीनामा पत्र बुझाएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले सन् २०२२ को अगस्ट ११ मा उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए र उनको कार्यकाल २०२७ अगस्ट १० सम्मको थियो। “स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु,” उनले पत्रमा उल्लेख गरेका छन्।


धनखड देशका इतिहासमा संसदको अधिवेशन चलिरहेका बेला राजीनामा दिने पहिलो उपराष्ट्रपति बनेका छन्। हाल भारतको संसद्‌को मनसुन सत्र जारी छ, र उपराष्ट्रपति राज्यसभाका अध्यक्ष समेत हुने गर्छन्। उनी कार्यकाल नपुगी राजीनामा दिने भारतका तेस्रो उपराष्ट्रपति हुन्। उनले उपराष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गर्दै कुल ७२५ मतमध्ये ५२८ मत प्राप्त गरेका थिए ।

३. उ
धनखडको राजीनामापछि उपराष्ट्रपतिको उत्तराधिकारी को हुने भन्ने विषयमा विभिन्न अड्कलबाजीहरू सुरु भएका छन्। संविधान अनुसार उपराष्ट्रपतिको राजीनामा राष्ट्रपति द्वारा स्वीकृत भएपछि मात्रै लागू हुनेछ। नयाँ उपराष्ट्रपति नियुक्त नभएसम्म राज्यसभाका उपसभापति (धारा ९१ अनुसार) सभाको अध्यक्ष हुनेछन्, तर उनी कार्यवाहक उपराष्ट्रपति बन्ने छैनन्, किनभने संविधानमा त्यसको व्यवस्था छैन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button