• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, ४ साउन २०८२ आइतवार । सौन्दर्य व्यवसायी संघ लमजुङको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा ममता गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्षमा तारा गुरुङ, सचिवमा प्रतिमा घिमिरे, सहसचिवमा रिता घले, कोषाध्यक्षमा सुमित्रा वि.क तामाङ, सहकोषाध्यक्षमा विष्णुमाया गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुप्रिया गुरुङ, मिनु गुरुङ, विविकला धिताल, मनिता गुरुङ, कल्पना गुरुङ, सोनी गैरे र कुशुम गुरुङ रहेका छन्।
अधिवेशनले विशु श्रेष्ठको संयोजकत्वमा शुशिला श्रेष्ठ र तिर्थकुमारी घले श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ।
शनिबार बेसीशहरमा सम्पन्न अधिवेशनको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमान सिंह अर्यालले सौन्दर्य व्यवसायलाई व्यक्तिगत कौशल, सिप, र व्यवस्थापन क्षमतासँग जोडेर हेर्नुपर्ने बताए। अर्यालले भने, -‘सिपमूलक तालिममार्फत सौन्दर्य व्यवसायले महिला सशक्तिकरण र आयआर्जनमा महत्वपूर्ण भूमिका खेलेको छ।’

उपमेयर पद्यमा गुरुङले महिलालाई आर्थिकरुपमा सबल बनाउन सौन्दर्य व्यवसायले उल्लेखनीय भूमिका खेलेको बताइन्। उनले गुणस्तरीय सेवा र सुरक्षामा ध्यान दिनु पर्नेमा जोड दिँदै नगरपालिकाले सिपमूलक तालिममार्फत आगामी दिनमा पनि सहयोग निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा पूर्व अध्यक्ष विशु श्रेष्ठ र रेडियो मर्स्याङ्दीकी निर्देशक मिना गुरुङले पनि बोले। उनीहरूले सौन्दर्य व्यवसायलाई महिलाको आत्मनिर्भरता र उद्यमशीलता विकासमा टेवा पुर्याउने माध्यमको रूपमा चित्रण गरे।
कार्यक्रम सौन्दर्य व्यवसायी संघकी तत्कालीन अध्यक्ष तिर्थ घले श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण तारा घलेले गरिन् भने स्वागत मन्तव्य नवनिर्वाचित उपाध्यक्ष ममता गुरुङले दिएकी थिइन्।
नवगठित कार्यसमितिले व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र व्यावसायिक बनाउँदै लैजाने घोषणा गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

























