हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

मिना र पूर्णिमाको ह्याट्रिक शो : नेपालद्वारा भुटानलाई गोलको वर्षा

प्रहार समाचार । बंगलादेश, ३ साउन २०८२ शनिवार । बंगलादेश – साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न रोमाञ्चक खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै गोलको वर्षा गरेको छ। यससङ्गै नेपाल शीर्ष स्थानमा उक्लिएको छ। नेपालका दुई खेलाडी पूर्णिमा राई र मिना देउवाले ह्याट्रिक गरेका थिए। पहिलो हाफमै ६ गोल गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल थप्दै गोलको वर्षा गरे पनि एकपटक पनि गोल खानु परेन।

नेपालले खेलको सुरुवातमै आक्रामक खेलशैली प्रदर्शन गर्‍यो। खेल सुरु भएको ४४ औं सेकेन्डमै मिना देउवाले पहिलो गोल गरिन् भने नवौं मिनेटमा समीक्षा मगरले दोस्रो गोल थपिन्। त्यसपछि मिनाले १२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको तेस्रो गोल गरिन्। खेलको २३ औं मिनेटमा पुर्णिमा राईले गोल गरेपछि नेपालले ४–० को अग्रता बनायो। पहिलो हाफको इन्जुरी समयभित्रै पूर्णिमाले थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

पाँच खेलमा १२ अंक बटुलेको नेपालले समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा उछिन्दै शीर्ष स्थानमा पुगेको छ। अब सोमबार हुने नेपाल र आयोजक बंगलादेशबीचको अन्तिम खेलले उपाधिको टुंगो लगाउनेछ। मिना र पूर्णिमाले पत्रकारहरूसँग कुरा गर्दै उपाधिका लागि अबको खेललाई लक्षित गर्दै अझ मिहिनेत गर्ने बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button