तनहुँ, ४ साउन २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका-३, दमौलीस्थित सिर्जना टोल विकास संस्थाले एसईई परीक्षामा सफल भएका टोल क्षेत्रका विद्यार्थीलाई सम्मान गर्दै शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको छ।

टोलको नियमित बैठक तथा वचत कार्यक्रमलाई अवसर बनाई सम्पन्न उक्त कार्यक्रमले शिक्षा क्षेत्रमा स्थानीयस्तरबाट प्रोत्साहन र हौसला दिने उत्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा व्यास वडा नं. ३ का अध्यक्ष अनुप राना, संस्थाका अध्यक्ष ठाकुर प्रसाद पौडेल लगायतले सम्मान स्वरूप डायरी र कलम प्रदान गर्दा पुष्पगुच्छा प्रदान गरेका थिए । त्यस अवसमा विद्यार्थीहरु मनिष श्रेष्ठ, सफल श्रेष्ठ, सुनिधी श्रेष्ठ, मेहजबिन खातुन, कसीमा खातुन र प्रणव तामाङ सम्मानित भएका थिए।

कार्यक्रममा नवगठित टोल कार्यसमितिका सल्लाहकार प्रेम कुमार श्रेष्ठ, त्रिभुवन श्रेष्ठ, मंगल प्रसाद श्रेष्ठ, झलक बहादुर श्रेष्ठ र केश कुमारी रानालाई पनि सम्मान गरिएको थियो।

टोलको पच्चीसौं साधारणसभा तथा एघारौं अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा कोषाध्यक्ष सुक बहादुर तामाङले खर्च विवरण सार्वजनिक गर्दै अनुमोदन गराएका थिए। अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान वडा अध्यक्ष विशिष्ट प्रेम कुमार श्रेष्ठ लगायत शोभा रानाभाट, विद्यार्थी प्रतिनिधि मेहजबिन खातुन लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजिकाण सचिव सरिता श्रेष्ठले र स्वागत उपाध्यक्ष कोपिला थापाले गरेकी थिइन् ।

























