हेडलाईनसमाचारगण्डकीभिमाद

भिमाद खानेपानीको उदाहरणिय कार्य : मृत्यु शोक परेका परिवारलाई पानी महसुलमा मिनाहा

प्रहार समाचार । तनहुँ, ३ साउन २०८२ शनिवार । तनहुँको भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले मृत्यु शोकमा परेका उपभोक्तामाथि महसुल नलागाउने निर्णय गरेको छ। आज सम्पन्न बैठकले उपभोक्ताका परिवारमा कसैको मृत्यु भएमा सो महिनाको खानेपानी महसुल मिनाहा गर्ने निर्णय गर्दै साउन ३ गतेदेखि निर्णय कार्यान्वयनमा ल्याइने जनाएको हो। समितिका अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा बसेको बैठकमा पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

समितिका सदस्य सूर्य विश्वकर्माका अनुसार शोकमा रहेका परिवारलाई श्रद्धाञ्जली फ्रेम दिँदा थप मानसिक पीडा हुने भएकाले अबदेखि त्यो परम्परा पनि अन्त्य गरिएको छ। “शोकमा साथ दिने काम संवेदनशील र सन्तुलित हुनुपर्छ, हामीले मानसिक पीडा बढाउने परम्परा हटाएका छौं,” उनले भने।

भिमाद नगरपालिका–६ मा रहेको समितिले बजार क्षेत्रका करिब १८ सय घरधुरीलाई खानेपानी सेवा पुर्‍याउँदै आएको छ। समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत असार ८ गतेदेखि साझा लाइनमा नयाँ शुद्ध पानी फिल्टर प्रणाली पनि सञ्चालनमा ल्याइसकेको छ, जसको सेवा निःशुल्क छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button