हेडलाईनसमाचारबन्दीपुरगण्डकी

हेर्दा टोपी नै खस्ने अग्लो खुर्पा निर्माण गर्ने गजमेर पालिकाबाट सम्मानित

प्रहार समाचार । तनहुँ, ३ साउन २०८२ शनिवार । । हेर्दा टोटीनै खस्ने खुर्पा (परम्परागत ग्रामीण हतियार ) निर्माण गर्ने एक व्यक्ति बन्दीपुर गाउँपालीका बाट सम्मानित भएका छन्। टोपी नै खस्ने खुर्पा १ सय २३ इञ्च लामो २१.५ किलो तौल भएको छ। यस्तो विशाल खुर्पा निर्माण गर्ने तनहुँको बन्दीपुर गाउँपालिका–२ का अर्जुन गजमेर सम्मानित भएका हुन्। ग

वडाबाट विनियोजित रकमबाट गजमेरलाई ४० हजार नगद सहित सम्मान गरिएको वडा अध्यक्ष तिलक कुँवरले जानकारी दिए। स्थानीय कला, सीप र मौलिक पहिचानको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उनलाई सम्मान गरिएको हो ।

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले विशाल खुर्पालाई वडा नं २ को थारूवास पार्कमा स्थायी रूपमा राखिने जानकारी दिए। उनले सो खुर्पाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षण गर्ने विश्वास व्यक्त गरे। ‘स्थानीयस्तरमा उत्पादन भएका यस्ता विशेष सामग्रीले पर्यटन प्रवर्द्धनमा योगदान दिन सक्छन्, ।’- अध्यक्ष थापाले भने ।

खुर्पाको डिजाइन, बनावट र आकारकै कारण पनि यो स्थानीय स्तरमै विशेष चर्चा बटुल्न सफल भएको छ। अर्जुन गजमेरले परम्परागत कृषि औजारलाई कलात्मक र अद्वितीय स्वरूप दिँदै नयाँ पहिचान दिलाएका छन्। यस्ता सिर्जनाले सिपमूलक सीपप्रति युवाको आकर्षण बढाउने र संस्कृति संरक्षणमा मद्दत पुग्ने स्थानीयले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button