प्रहार समाचार । तनहुँ, २ साउन २०८२ शुक्रवार । नेपाली मौलिकता, संस्कृति र ग्रामीण सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको ‘फूल्यो गुराँस’ बोलको लोक–आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतकार सागर उदासको शब्द, संगीतकार बी.बी. अनुरागीको संगीत र गायिका रीमा गुरुङ होडाको सुमधुर स्वर रहेको उक्त गीत ड्रिम्स प्रोडक्सनको प्रस्तुति हो ।

भिडियोमा हेमन्त सुवेदी र सुनिता थापा मगरको मुख्य अभिनय रहेको छ भने साथमा समिर बराल, मनिता सुनाम, समीक्षा सापकोटा, बिपना भुजेल र मरियम भुजेल लगायतका कलाकारहरूको सहयोगी भूमिका समावेश गरिएको छ। भिडियोलाई निर्देशक सुदीप पौडेलले निर्देशन गरेका हुन्। छायांकन, सम्पादन तथा रंग संयोजन सुसन पन्थले गरेका छन् भने कोरियोग्राफर प्रकाश भुजेल, सह-निर्देशक सन्दीप श्रेष्ठ, मेकअप कलाकार सुस्मिता बराल र निर्माण संयोजक सुहानी सुवेदी रहेका छन्।
ब्यास नगरपालिका–११ स्थित तनहुँसुरका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियो अहिले ‘हाइलाइट नेपाल ‘ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक पौडेलका अनुसार भिडियोले दर्शकलाई तनहुँको स्थानीय पर्यटन सम्भावना र सांस्कृतिक सम्पदाप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।

























