हेडलाईनसमाचारगण्डकी

लमजुङको राइनास नगरपालिकाको ८३ प्रतिशत वित्तीय प्रगति : भौतिक प्रगति ८१ प्रतिशत

• विजय अधिकारी (प्रहार संवाददात ) लमजुङ, ३ साउन २०८२ शनिवार । लमजुङ जिल्लाको राइनास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ८३.२१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। प कुल ५९ करोड ९१ लाख १६ हजार ६ सय ४१ रुपैयाँ बजेटमध्ये ४८ करोड १६ लाख २१ हजार १ सय ४८ रुपैयाँ ९५ पैसा खर्च भएको प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले बताए ।

चालुतर्फ ४१ करोड ७३ लाख ६९ हजार ५ सय ६८ रुपैयाँ विनियोजन भएकोमा ८४.९४ प्रतिशत अर्थात् ३५ करोड ४५ लाख २५ हजार खर्च गरिएको छ। पुँजीगततर्फ भने १८ करोड १७ लाख ४७ हजार ७३ रुपैयाँ विनियोजनमा ६९.९३ प्रतिशत मात्र खर्च अर्थात् १२ करोड ७० लाख ९५ हजार रुपैयाँ मात्र उपयोग भएको हो। गत वर्ष पालिकालाई प्राप्त कुल बजेट ९१.३६ प्रतिशत अर्थात् ५४ करोड ७३ लाख ९७ हजार ७ सय १३ रुपैयाँ रहेको प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले बताए । थ

पालिकाले आन्तरिक आयतर्फ १ करोड ७२ लाख रुपैयाँको लक्ष्य लिएकोमा ७६.३८ प्रतिशत अर्थात् १ करोड ३१ लाख ३८ हजार ४ रुपैयाँ संकलन भएको छ। चालु वर्ष पालिकाले ढुंगा, गिटी, बालुवाको विक्री समेत सुरु गरेको छ।

नगरपालिकाका अनुसार, गत वर्षका १५९ योजनामध्ये १५४ योजना सम्पन्न भएका छन् भने ५ वटा योजना कार्यान्वयन हुन नसकेको, ठेक्का प्रक्रियामा रहेका ८ मध्ये ४ योजना सम्पन्न, ३ वटाको म्याद थप गरिएको र १ योजना कार्यान्वयनमै जान नसकेको पालिकाका सूचना अधिकारी सिजन देवकोटाले उल्लेख गरे ‘

न्यायिक समितिमा दर्ता भएका ८ उजुरीमध्ये ७ वटाको मिलापत्र गरिएको र १ उजुरी प्रक्रियामा रहेको उपप्रमुख एवं न्यायिक समिति संयोजक पुष्पराज खनालले बताए।

नगरप्रमुख खड्गबहादुर गुरुङले समग्रमा नगरपालिकाको भौतिक प्रगति ८१.९२ प्रतिशत रहेको जानकारी दिँदै, सेवा प्रवाह चुस्त बनाउँदै सुशासन, संस्थागत विकास, शिक्षा, कृषि, पशु स्वास्थ्य, पर्यटन प्रवर्धन तथा रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button