हेडलाईनव्याससमाचारगण्डकी

व्यासगुफा परिसरमा अखण्ड हवन सुरु : आध्यात्मिक लाभका लागि सहभागि हुन आह्वान

प्रहार समाचार, तनहुँ, १ साउन २०८२ बिहीवार। महर्षि वेदव्यासको जन्मस्थल तथा ब्रह्मऋषि पराशरको तपोभूमि व्यासगुफा परिसरमा आजदेखि श्रावण महिनाभरि अनवरत रुपमा अखण्ड हवन सुरु भएको छ। गुरुपूर्णिमाको अवसर पारेर असार २६ गते गुरु पूजनसहित हवनको विधिवत् सुरुवात गरिएको हो। नवनिर्मित हवन कुण्डमा विधिपूर्वक आहुति दिँदै व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले हवनको सुरुवात गरेका थिए।

हवन कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, व्यासगुफाका गोबिन्द बाबा, बुद्धिजीवी, समाजसेवी, धार्मिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम महासन्त तथा सन्त–प्रभुहरूको नेतृत्वमा सुरु गरिएको हो। सहभागी भई आध्यात्मिक लाभ लिन सबैलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष तथा ध्यानाचार्य खेमराज अधिकारीका अनुसार, हवनबाट गुरु दोष, पितृ दोष, कुल दोष, कालसर्प दोष, ग्रहदोष, अकाल मृत्यु तथा सम्पूर्ण कर्मदोषहरूबाट मुक्ति मिल्ने विश्वास छ। उनले वेदव्यासको पुण्यभूमिमा यस्ता धार्मिक अनुष्ठानले वैदिक सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button