हेडलाईनसमाचारप्रदेश

संघीय निजामती सेवा ऐन तथा सुशासन मुख्य प्राथमिकतामा: मन्त्री न्यौपानेको

प्रहार समाचार । काठमाडौं, १ साउन २०८२ बिहीवार । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा ऐन ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राख्ने बताएकी छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन स्थापना गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पारिन् ।

मन्त्री न्यौपानेले जनतामुखी प्रशासनका लागि कर्मचारीको भूमिकालाई विशेष महत्त्व दिने बताउँदै कामलाई चुस्त, छरितो र सहज बनाउनेतर्फ जोड दिइन्। आफू भ्रष्टाचार र अनियमितताको सख्त विरोधी रहेको उल्लेख गर्दै उनले कर्मचारीहरूलाई पनि त्यही अनुसारको आचरण प्रदर्शन गर्न निर्देशन गरिन्।

कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्तले नव नियुक्त मन्त्रीलाई मन्त्रालयको हालको गतिविधिबारे जानकारी गराएका थियो । मन्त्री न्यौपानेले प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउने र सार्वजनिक प्रशासनको सवलीकरणमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै आफू त्यसमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरिन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button