व्यासहेडलाईनसमाचारगण्डकी

तनहुँको व्यासगुफामा श्रावण महिनाभर अखण्ड हवन हुने

प्रहार समाचार । तनहुँ, ३२ असार २०८२ बुधवार । मत्स्यगन्धाको प्रकाट्य भूमि, ब्रह्मऋषि पराशरको तपोभूमि तथा महर्षि वेदव्यासको जन्मस्थल व्यासगुफा परिसरमा भोली ल श्रावण १ गतेबाट श्रावण महिनाभर अनवरत रुपमा अखण्ड/ असङ्ख्य हवन सुरु हुने भएको छ ।

गुरुपूर्णिमाको अवसर पारेर असार २६ गते गुरु पूजन गरी हवनको विधिवत् प्रारम्भ गरिएको हो। । नवनिर्मित हवन कुण्डमा महासन्त तथा सन्तप्रभुहरूको नेतृत्वमा सुरु हुने हवन कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन सबैलाई आग्रह गरिएको छ।

हवनबाट गुरु दोष, पितृ दोष, कुल दोष, कालसर्प दोष, ग्रहदोष, अकाल मृत्यु तथा सम्पूर्ण कर्मदोषहरूबाट मुक्ति / निवारण हुने वेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष एवम् ध्यानाचार्य खेमराज अधिकारीले बताए । उनले वेदव्यासको पुण्यभूमिमा यस प्रकारको धार्मिक अनुष्ठानले वैदिक सनातन संस्कृतिको प्रचार–प्रसारमा टेवा पुग्ने बताए।

व्यास नगरका संस्थापक नगरप्रमुख तारा प्रसाद श्रेष्ठले प्रहार समाचार सङ्ग कुरा गर्दै वेदव्यास जन्मभूमिको महत्वलाई विश्वसामु चिनाउन यस्तो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

व्यास अन्न क्षेत्रका संरक्षक दामोदर बाबाले यस्ता आध्यात्मिक कार्यहरूले मानव जीवनमा सकारात्मक सोचको विकास गराउने यस पुण्य भूमिको महत्व फैलाउन योगदान पुग्ने उल्लेख गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button