प्रहार समाचार ।काठमाडौं, ३२ असार २०८२ बुधवार । भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको खुद्रा मूल्यमा कटौती गरेको छ ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाउने निर्णय गरेको हो । यो निर्णय गएराति १२ बजेदेखि लागू गरिएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाउने निर्णय गरेको हो । यो निर्णय गएराति १२ बजेदेखि लागू गरिएको निगमले जनाएको छ ।

नयाँ समायोजनसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार पछिल्लो पटक भारतबाट आयात हुने इन्धनको मूल्य घटेकै कारण आन्तरिक बजारमा पनि मूल्य घटाउनु परेको हो । “भारतीय आयात मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको हो,” निगम स्रोतले जनाएको छ ।

पछिल्लो समय इन्धनको मूल्यवृद्धिले आम उपभोक्ताको दैनिकीमा प्रत्यक्ष असर गरिरहेको बेला भएको यो समायोजनले केही राहत दिने अपेक्षा गरिएको छ । यद्यपि, पेट्रोलियम पदार्थको मूल्य अझै उच्च रहेको उपभोक्ताहरूको गुनासो छ । सरकारले अन्तर्राष्ट्रिय बजारसँग समन्वय गर्दै मूल्य समायोजनको नीति लिँदै आएको छ ।